वडाको गणना भोट हालेकै ठाउँमा
स्थानीय तहको उपचुनावअन्तर्गत यौटै मात्र मतदानस्थल रहेका वडाको मतगणना सम्बन्धित मतदानस्थलमै हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन भएका १५ वटा वडाको गणना मतदानस्थलमै गर्ने व्यवस्था मिलाइएको छ । अन्य स्थानमा भने सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरेपछि गणना गरिने छ ।
अहिले मतपेटिका संकलनको काम भइरहेको र केहीबेरपछि मतगणना शुरु हुने आयोगले जनाएको छ ।
नगरपालिका प्रमुख–१, उपप्रमुख–१, गाउँपालिका अध्यक्ष–२, उपाध्यक्ष चार र ३३ वडाध्यक्ष गरी ४१ पदमा आज उपनिर्वाचन भएको हो ।
टिप्पणीहरू