कुमारी एकातिर, अरु सबै अर्कातिर

कुमारी एकातिर, अरु सबै अर्कातिर
सुन्नुहोस्

कमल भट्टराई

ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३ सिकैचामा भएको वडाध्यक्ष पदको उपनिर्वाचनबाट नेकपा एमालेका उमेदवार कुमारी सावादेन विजयी भएकी छन् । कुमारीले ३५३ मत ल्याएकी छन् । 

निकटतम माओवादी केन्द्रका अम्बी साउदेनले २५१, नेपाली काँग्रेसका भीम कुमार लक्सम्बाले २१८, संघीय लोकतान्त्रिक राष्टिय मंचका राजेन्द्र लिम्बूले ५४, राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका देवी प्रसाद पौडेलले भने ७ मत प्राप्त गरेका छन् । 

कुल १५२८ मतदातामा ८ सय ९२ मत खसेकोमा ८ सय ८३ मत सदर भएको थियो । मतदानमा ९ मत बदर भएको पाइयो । अन्य प्रतिस्पर्धी चार जनाले कुल ५३० मत ल्याउँदा उनले ३५३ मत पाएकी हुन् ।

टिप्पणीहरू