प्रधानमन्त्री ओलीको बेइजिङमा भव्य स्वागत, राष्ट्रपतिसँग शिष्टाचार भेट आजै
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका प्रधानमन्त्री ली छ्याङले बेइजिङस्थित ग्रेट हल अफ दि पिपलमास्वागत गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको छ ।
औपचारिक समारोहपछि दुबै मुलुकका प्रधानमन्त्री नेतृत्वको टोली द्विपक्षीय भेटवार्तामा जुटेको बताइन्छ । भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर गरिँदै छ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली नेतृत्वको ८७ सदस्यीय प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणका लागि हिजो राति बेइजिङ पुगेको हो ।
तस्बिरहरुः




टिप्पणीहरू