सैनिकहरु ब्यारेक छाडेर जंगल पस्न शुरु
हिउँद लागेसँगै नेपाली सेनाका धेरैजसो पदिक र जवान रुटिन मिलाएर जंगल पस्न थालेका छन् । हरेक वर्ष दुई महिना जंगलमा बास बस्नैपर्ने फौजी नियम पालना गर्दै बाहिनी,गण,गुल्मको फौज त्यता जान थालेको हो ।
जाडो याममा जंगलमा तालिम गर्दा कष्ट झेल्ने बानी बस्नेभएकाले सेनाले हरेक वर्ष दुई महिनाको क्यालेण्डर बनाएर त्यस्तो अभ्यास गर्दै आएको छ । गण, गुल्मका धेरै र बाहिनीका हाकिमहरु भने कहिलेकाँही त्यता जाने गरेको पाइन्छ ।
अवकाशप्राप्त एक जना सैनिक अधिकृत आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘हाम्रो चलनअनुसार गाईवस्तुको गोठ पनि पहिले जाडो मौसममा जंगल नजिकै लैजाने चलन थियो । कतिपय ठाउँमा त्यो चलन अद्यावधि छ । सेनाले पनि दशकौंदेखि त्यो मान्यतालाई कायम राखेको छ । हाकिमदेखि तल्लो तहसम्मका सबैजसो जंगलमा बास बस्न जान्छन् ।’
उनले थपे, ‘यो प्रचलन हेडक्वार्टरको हकमा लागु हुँदैन । केवल लड्ने भिड्ने टोलीसँग सम्बन्धितहरु मात्रै जाने हो ।’
टिप्पणीहरू