प्रहरीमा साढे १२ सयलाई जागिरको मौका
नेपाल प्रहरीले सिपाही र कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ रिक्त जवान र कार्यालय सहयोगीका लागि भर्ना खुलाएको जानकारी दिएको हो ।
जवानतर्फ एक हजार १६५, कार्यालय सहयोगी (भान्छे) ४७ र कुचीकार ११ गरी जम्मा एक हजार २२३ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
उक्त पदहरुमा खुला प्रतियोगिताद्धारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुकलाई आवेदन दिन भनिएको छ । दरखास्त दिने म्याद यही मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म छ ।
जवानमा दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ । बहालवाला श्रेणीविहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ४० बमोजिम २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।
त्यस्तै, कार्यालय सहयोगीमा दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
टिप्पणीहरू