हुम्लामा हिमपात, जनजीवन प्रभावित
हुम्लामा गएरातिदेखि हिमपात भएको छ । यो वर्षको पहिलो हिमपात सदरमुकाम सिमकोटदेखि जिल्लाका सबैजसो भागमा परेको बताइएको छ ।
सदरमुकाम क्षेत्रमा बाक्लो नपरे पनि उत्तरी र उच्च भूभागमा एक फिटसम्म हिँउ परेको छ । सिमकोट र आसपासका क्षेत्र सेताम्मे भएका छन् । हिमपातपछि जाडो बढेकाले सदरमुकामलगायत नाम्खा, चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ ।
हिमपातले गहुँ, जौ र उवा खेती सप्रिने स्थानीय किसानको विश्वास छ ।
टिप्पणीहरू