रविलाई काठमाडौँ ल्याएर वीरगञ्ज लैजाने तयारी

रविलाई काठमाडौँ ल्याएर वीरगञ्ज  लैजाने तयारी
सुन्नुहोस्

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पर्सा लैजान लागिएको छ । 

वीरगञ्जको सानोपाइला सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धान गर्न उनलाई पोखराबाट जहाजमार्फत त्यता लैजान लागिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माका अनुसार लामिछानेलाई पहिले काठमाडौँ ल्याएर फेरि सिमरा हुँदै वीरजंग पुर्याइने छ । 

अहिले उनलाई पोखरा विमानस्थल लगिएको उनले जानकारी दिए । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध केही दिनअघि पर्सामा पक्राउ पुर्जी जारी भएको थियो ।

सानोपाइला सहकारी ठगीको आरोपमा रविका तत्कालीन व्यावसायिक साझेदार छविलाल जोशीलाई बिहानै वीरगञ्ज पुर्याइएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ ।

टिप्पणीहरू