मध्य अफ्रिकाबाट फर्क्यो सैन्य टोली
मध्य अफ्रिकामा तैनाथ नेपाली सेनाको शान्ति सेनाको एउटा टोली स्वदेश फर्केको छ । २२५ जनाको टोली इथियोपियन एअरलाइन्सको उडान नम्बर इटी ८८०४ मा बिहान ८ बजे काठमाडौं आइपुगेको बताइएको छ ।
महावीर गण रेञ्जर शान्ति सेनाको दोस्रो डफ्फा, पहिलो टोली कमाण्डर सेनानी हरि कुमार पाण्डेको कमाण्डमा त्यहाँ गएको थियो ।
टिप्पणीहरू