काठमाडौंमा चिसो बढ्यो, बिहानको तापक्रम ४ डिग्री सेल्सियस
काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । आज दिउँसोको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसको हाराहारीमा रहने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराईमा बाक्लो हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली हुने छ । राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुने बताइएको छ ।
टिप्पणीहरू