बल्खुदेखि दोबानसम्म पालैपालो बिजुली बन्द
काठमाडौंका विभिन्न स्थानमा आजदेखि १० दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
कुलेश्वर, बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गत लाइन भूमिगत गर्ने काम शुरु भएसँगै पुस ५ गतेसम्म विद्युत बन्द गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले आज एक सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिँउसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द रहने जानकारी दिएको छ ।
आज बल्खु कोरिडोर क्षेत्र, भोलि भत्केपाटीदेखि राराहिल चोक क्षेत्र, पर्सि कीर्तिपुर रिङरोड क्षेत्र, मंसिर ३० गते स्वयम्भु क्षेत्र, पुस १ गते कीर्तिपुर रिङरोड खसीबजार क्षेत्र, पुस २ गते राराहिल चोकदेखि ढाल्पा चोक क्षेत्र, पुस ३ गते मेत्रीनगर इशानेश्वर मन्दिर क्षेत्र, पुस ४ गते स्वयम्भू क्षेत्र र पुस ५ गते दोभान क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने आयोजनाको भनाइ छ ।
टिप्पणीहरू