भाडामा प्रेमिका बन्न २९ वर्षे युवतीको आकर्षक अफर
अमेरिकाकी एक युवतीले ‘क्रिसमसको लागि विशेष प्याकेज’ भन्दै भाडामा प्रेमिका बन्ने प्रस्ताव सार्वजनिक गरेकी छन् । जेसेनिया रिबेका नाम गरेकी ती युवती इन्स्टाग्राममार्फत् त्यस्तो सूचना दिएपछि यतिबेला चर्चामा छिन् ।
मिडिया इन्फ्लूएन्सर समेत रहेकी २९ वर्षीया उनले प्रेमिका बनाउन तीन वटा अफर राखेकी छन् । २५० डलर तिरेर सिल्भर प्याकेज लिएमा उनी दुई घण्टाको लागि प्रेमिका बन्नेछिन् ।
त्यस्तै, गोल्डेन प्याकेजको लागि ४०० डलर तोकेकी छन् उनले यसअन्तर्गत चार घण्टा प्रेमिका बन्नेछिन् । ६०० डलरको प्रिमियम प्याकेजमा भने ६ देखि ८ घण्टाको लागि प्रेमिका बन्ने उनको अफर छ ।
'प्रेमिका छ भनेर घरमा ढाँटेका तर नभएका' पुरुषहरुको लागि यस्तो अफर ल्याएको रिबेकाले बताएकी छन् । रोचक के छ भने, पुरुषहरुले तोकिएको शुल्क तिरेर उनलाई आफ्नो घर-परिवारसँगै डिनर पनि खुवाउन पाउनेछन् ।
त्यसक्रममा उनले पुरुषको लागि खाना पस्कने, चुम्बन गर्ने, जुठा भाडा माझ्ने बताएकी छन् ।
टिप्पणीहरू