चिनियाँ राजदूत र उपमन्त्रीको टोली लुम्बिनीमा

चिनियाँ राजदूत र उपमन्त्रीको टोली लुम्बिनीमा
सुन्नुहोस्

नेपालका लागि चीनका राजदूत छन् सोङ र चिनियाँ कम्युनिष्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङसहितको टोली लुम्बिनी पुगेको छ । हिजो राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको नानहाई बौद्ध गोलमेच सम्मेलनमा सहभागी चिनियाँहरुको १० जनाको टोली भैरहवा हुँदै लुम्बिनी पुगेको छ ।

लुम्बिनीमा हिजो अपरान्ह दुई सय २७ जना चिनियाँ भिक्षुलगायत बौद्ध धर्मावलम्बीहरु सवार एअर चाइनाको चार्टर उडानको विमान चीनको सेन्जनबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन टोली आज काठमाडौंबाट भैरहवा गएको हो ।

राजधानीमा हिजो आयोजित कार्यक्रममा चीनको दुई वटा उच्चस्तरीय टोलीसहित कम्बोडिया, लाओस, भियतनाम, श्रीलंकालगायत मुलुकको उच्च तहका प्रतिनिधिहरुको सहभागिता थियो ।

टिप्पणीहरू