रामायण कन्क्लेभमा योगी आदित्यनाथ सहभागी हुँदै

रामायण कन्क्लेभमा योगी आदित्यनाथ सहभागी हुँदै फाइल फाेटाे

जनकपुरधाममा आयोजन हुन लागेको रामायण कन्क्लेभमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने भएका छन् । कन्क्लेभको उद्घाटन आगामी शनिबार जनकपुरमा हुँदै छ ।

भारतीय उत्तर प्रदेश सरकारको पर्यटन विभाग, जानकी मन्दिर विकास समिति र जनकपुर उपमहानगरको आयोजनामा अन्तर्राष्ट्रिय रामायण कन्क्लेभको आयोजना गर्न लागिएको हो । भारतले घोषणा गरेको रामायण सर्किटमा पर्ने जनकपुरधाममा दुई दिवसीय कार्यक्रम गर्न लागिएको हो । 

कार्यक्रममा उत्तर प्रदेश सरकार मन्त्रीहरु पनि सहभागी हुने बताइएको छ । मुख्यमन्त्री आदित्यनाथ तीन वर्षअघि रामसीता विवाह महोत्सवमा सहभागी हुन जनकपुरधाम पुगेका थिए ।

टिप्पणीहरू