सञ्जालमा जथाभावी 'क्लिक' नगर्न सल्लाह

सञ्जालमा जथाभावी 'क्लिक' नगर्न सल्लाह

सामाजिक सञ्जालमा देखिने शंकास्पद पोष्ट तथा लिंकहरुमा क्लिक नगर्न प्रहरीले सतर्क गराएको छ । 

विभिन्न संघ संस्थाको लोगो तथा अन्य विवरण दुरुपयोग गरेर अनेकौं प्रलोभन देखाई ठगी गर्ने क्रम बढेपछि प्रहरीले सञ्जाल प्रयोगकर्तालाई सचेत गराएको हो । त्यस्ता शंकास्पद लिंक क्लिक नगर्न तथा आधिकारिता नबुझी झुठ्ठा प्रलोभनमा नपर्न प्रहरीको आग्रह छ । 

‘विभिन्न सामाजिक सञ्जालहरु नेपाल टेलिकमलगायत अन्य संघसंस्थाहरुको लोगो तथा अन्य विवरणहरुको दुरुपयोग गरी अनेकौं प्रलोभन देखाउने शंकास्पद पोष्टहरु विभिन्न व्यक्तिहरुलाई आउने गरेको गुनासो बढेकोले यस्ता प्रकारका शंकास्पद लिंक क्लिक नगर्न तथा त्यस सम्बन्धमा सम्बन्धित निकायसँग आधिकारिता नबुझी झुठ्ठा प्रलोभनमा नपर्नुहुन सम्पूर्णमा अनुरोध गर्दछौं,’ सूचनामा उल्लेख छ ।

टिप्पणीहरू