दीक्षान्त समारोहमा सम्मान पाउने विद्यार्थीको सूची सार्वजनिक
त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा पदक एवं पुरस्कार पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक गरिएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई पदक एवं पुरस्कार प्रदान गरिनेछ । जसअनुसार त्रिवि प्राध्यापक संघ शहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरेकी हिरा श्रेष्ठलाई प्रदान गरिदैँछ ।
त्यस्तै, स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबीए तहमा सर्वोत्कृष्ट अंक ल्याएकी सुधा काफ्लेलाई इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक तथा एमएस्सी रसायनशास्त्र विषयमा सर्वप्रथम सुशील पोखरेलले अमृत पदक प्राप्त गर्ने भएका छन् । एमए अंग्रेजी साहित्यमा सर्वप्रथम सुदिक्षा घिमिरेले नरेन्द्रमणि आचार्य दीक्षान्त पदक र डा.मोहनप्रसाद लाखे स्वर्ण पदक पाउने भएकी छन् ।
एमबीएस परीक्षामा सर्वप्रथम अनुष्मा श्रेण्ठलाई नेबैंलि सरदार गुञ्जमाल सिं स्वर्ण पदकसहित रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार प्रदान गरिदैँछ । एमएस्सी वनस्पतिशास्त्र विषयमा सर्वप्रथम श्रीणा क्षेत्रीले इमिरेट्स प्रा.डा.रामप्रसाद चौधरी, एमए पुस्तकालय विज्ञानमा सर्वप्रथम संजिवकुमार सिंहले शान्ति नारायण मिश्र पदक, एमए अर्थशास्त्रमा सर्वप्रथम श्रीष काफ्लेले तारापद चौधरी पदकसहित खगेन्द्रमान सि प्रधान पदक पाउने निश्चित भएको छ ।
एसएड तहमा महिलातर्फ सर्वप्रथम सिताकुमारी श्रेष्ठले सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार प्राप्त गर्ने भएकी छन् । यस्तै, स्नातक तहको परीक्षामा सर्वप्रथम आकृति झालाई भाईस चान्सलर पदक र भ्वाईथ सत्य माँ स्मृति स्वर्ण पदक प्रदान गरिदैँछ ।
सिभिल इन्जिनियरिङ विषयको स्नातक तह (बीई सिभिल) मा सर्वप्रथम आशिष थापाले शिवराज पन्त स्मृति पुरस्कार, बीबीएस परीक्षामा सर्वप्रथम आभाष मिश्रले नेबैंलि छत्रबहादुर पदक र बीएड परीक्षामा महिलातर्फ सर्वप्रथम संगिता प्रजातिले सुशीलादेवी शर्मा पुरस्कार प्राप्त गर्ने सूचनामा उल्लेख छ । नामावलीमा उल्लेख भएकाबाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्नुपर्ने आधार भएमा पर्सिसम्म सप्रमाण कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । पुस १३ गते दशरथ रंगशालामा दीक्षान्त समारोह आयोजना गरिएको छ ।
टिप्पणीहरू