भीम रावल एमालेबाट निश्कासित,दुई नेत्री निलम्बित

भीम रावल एमालेबाट निश्कासित,दुई नेत्री निलम्बित

सत्तारुढ नेकपा (एमाले) ले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकालेको छ ।

पार्टी हितविपरित सार्वजनिक अभिव्यक्ति दिँदै आएको आरोपमा स्पष्टिकरण सोधिएका उनले जवाफ नदिएपछि आज बसेको सचिवालय बैठकले पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको विरोध गर्ने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई भने छ-छ महिनाका निम्ति निलम्बन गरिएको छ। 

आजको बैठकमा शुरुमा यी दुई नेत्रीलाई एक-एक तह घटुवा गर्ने प्रस्ताव थियो । तर,अन्तिममा छ महिनाका लागि निलम्बनको निर्णय गरिएको हो ।

टिप्पणीहरू