पुलिसबाट जय ट्रफी खेल्ने टोली सार्वजनिक

पुलिसबाट जय ट्रफी खेल्ने टोली सार्वजनिक
सुन्नुहोस्

नेपाल पुलिस क्लवले आगामी पुस २१ गतेदेखि शुरु हुने 'जय ट्रफी एलिट कप’ खेल्ने खेलाडीको नाम सार्वजनिक गरेको छ । राष्ट्रिय टिमका अनुभवी ब्याटर आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । 

टोलीमा कुशल भुर्तेल, गुल्शन झा, करन केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलिप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शंकर राना, अविनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरेला रहेका छन् । 

क्यानका संस्थापक अध्यक्ष जयकुमार नाथ शाहको स्मृतिमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगिता माघ ३ गतेसम्म जनकपुर र पर्सामा हुनेछ । चार टोलीले प्रतिस्पर्धा गर्ने यसपटकको प्रतियोगितामा राष्ट्रिय टिमका सबै खेलाडी सहभागी हुने छैनन् । 

पुलिस क्लबका नियमित कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने इन्टरनेशनल लिग ‘टी–२०’ मा सहभागी हुनेछन् । बागमती प्रदेशबाट सन्दीप लामिछानेको कप्तानीमा टोली सार्वजनिक गरिएको छ ।
 

टिप्पणीहरू