पासाङ पार्टीमा फर्किएकोमा किराँतीको विरोध
पार्टी राजनीतिमा फर्किने पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङको निर्णयप्रति माओवादी केन्द्रमा विरोध भएको छ ।
पूर्व मन्त्रीसमेत रहेका नेता सुदन किराँतीले मुलुकको सम्मानित पदमा पुगिसकेको व्यक्ति राजनीतिमा फर्कंदा गलत सन्देश जाने भन्दै असन्तुष्टि जनाएका हुन् । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा उनले भने, ‘१२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौँ ।'
पूर्वउपराष्ट्रपति पुन केन्द्रीय कमिटी बैठकमा सहभागी छन् । अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेका उनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी छ ।
टिप्पणीहरू