मधेसका एमाले नेता पत्नीसहित चीन जाँदै
एमाले सचिव तथा पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठ छिमेकी मित्रराष्ट्र चीन जान लागेका छन् । महासेठ आज दिउँसो त्यता जाने कार्यक्रम छ ।
एमाले स्रोतका अनुसार महासेठ श्रीमती तथापूर्वमन्त्री जुलीकुमारी महतोसँगै चीन जान लागेका हुन् । दिउँसो सवा १२ बजे सिचुआन एअरलाइन्सको उडानमा काठमाडौंबाट छन्तु जाने कार्यक्रम छ ।
मधेसका राम्रा सँगठक मानिने महासेठ एमाले बिदेश बिभाग प्रमुख हुन् भने जुली अर्बपति उपेन्द्र महतोकी बहिनी हुन् ।
टिप्पणीहरू