छविसँग रविको भन्दा २३ लाख बढी धरौटी माग
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।
न्यायाधीश नीतिज राईको इजलासले भर्खरै उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यहि मुद्दामा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश भएको छ ।
टिप्पणीहरू