सबै श्रेणीहरू

हलचोकमा नयाँ डिएसपीलाई दर्ज्यानी चिन्ह

हलचोकमा नयाँ डिएसपीलाई दर्ज्यानी चिन्ह

सशस्त्र प्रहरीको प्राविधिक सेवातर्फ नायव उपरीक्षक (डिएसपी) दर्जामा बढुवा भएका अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन् ।

सशस्त्र मुख्यालयमा आयोजित विशेष समारोहमा महानिरीक्षक (आइजीपी) राजु अर्यालले आज दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । गत माघ १५ गतेको गृह सचिवस्तरीय निर्णयले प्रहरी सेवा, प्राविधिक समूह, स्वास्थ्यतर्फ प्राविधिक पदमा उनीहरु बढुवा भएका थिए ।