नेपाली काँग्रेस र एमालेका केही नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनीहरु उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका लागि त्यहाँ पुगेका हुन् ।
सरकारका काम कारबाहीहरुलाई थप गति दिन र सरकारलाई प्रभावकारी बनाउने सम्बन्धमा आजको बैठकमा छलफल गर्न लागिएको बताइन्छ । संयन्त्रको कार्यदलका सदस्यहरु नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बालुवाटार पुगेका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल कार्यदल सदस्य हुन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा राजनीतिक संयन्त्र गठन गरिएको छ । सोही संयन्त्रको कार्यदलमा दुबै दलका आठ जना नेता राखिएको छ ।