माइतीघरको आन्दोलनमा सहभागी हुन शिक्षकहरु धमाधम राजधानीमा

माइतीघरको आन्दोलनमा सहभागी हुन शिक्षकहरु धमाधम राजधानीमा
सुन्नुहोस्

नेपाल शिक्षक महासंघको राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन उपत्यका बाहिरबाट शिक्षकहरु आउने क्रम जारी छ । विद्यालय शिक्षा विधेयक तत्काल ल्याउनका निम्ति सरकारलाई दबाब दिन आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ । 

महासंघका अनुसार आन्दोलनमा काठमाडौं, ललितपुर र भक्तपुरबाट सात हजार पाँच सय शिक्षक सहभागी हुने बताइएको छ । त्यसैगरी, नुवाकोट, काभ्रे र धादिङबाट तीन हजार शिक्षक आन्दोलनमा उतार्ने तयारी गरेको जनाएको थियो  । 

आज बिहानसम्म चितवनबाट सु.प्र.०१–००१ ख ३०९६ नम्बरको गाडीमा शिक्षक नारायणप्रसाद पाण्डेको नेतृत्वमा महिला १५ र पुरूष १६ गरी ३१ जना काठमाडौं आएको बताइन्छ । कास्कीबाट ग.२ ख १९२८ नम्बरको सवारी साधनमा शिक्षक भोलानाथ पौडेलको नेतृत्वमा महिला पाँच र पुरूष २८ गरी ३३ जना आएका छन् ।

नवलपुरबाट लु.१ ख ८५९३ नम्बरको सवारी साधनमा शिक्षक कमल जि.सी.को नेतृत्वमा आठ जना महिला र १७ जना पुरुष गरेर २५ जना आइपुगेको बताइन्छ । म्याग्दीबाट म.प्र.०३–००१ ख ९५१७ नम्बरको गाडीमा नेपाल शिक्षक महासंघ जिल्ला संयोजक देवराज शर्माको नेतृत्वमा २२ महिला र पुरूष १४ जना राजधानी आइपुगेका छन् । 

उता धनुषाबाट बा.प्र.०१–००६ ख ५५३२ नम्बरको गाडीमा शिक्षक रविन्द्रबहादुर सिंहको नेतृत्वमा महिला सात र पुरूष २३ गरी ३० जना आन्दोलनमा सहभागी हुन आएका छन् ।

टिप्पणीहरू