बिहानदेखि शुरु एसइई शान्तिपूर्ण

माध्यमिक शिक्षा परीक्षा (एसइई) मुलुकभरका दुई हजार ७९ परीक्षा केन्द्रमा आज बिहान ८ बजेदेखि भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा शान्तिपूर्णरुपमासञ्चालन भइरहेको छ ।
यो वर्ष एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । यो संख्या गत वर्षको तुलनामा ४९ हजार २८६ जना बढी हो । जापानको एक परीक्षा केन्द्रमा २९ जना र कारागारबाट ३५ जना परीक्षार्थी सहभागी छन् ।
यो वर्ष काठमाडौँबाट सबैभन्दा बढी ३९ हजार छ सय र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिइरहेका छन् । परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुँदै छ ।
टिप्पणीहरू