पिपुल्स डेली डेढ दर्जन विदेशी भाषामा

पिपुल्स डेली डेढ दर्जन विदेशी भाषामा

चीनको पिपुल्स डेली अनलाइनले तीन वटा नयाँ भाषामा समाचार प्रकाशित गर्न थालेको छ । हिजोदेखि अनलाइनमा भियतनामी,उर्दु र हिन्दी भाषा थपिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले अन्तर्राष्ट्रिय समुदायसँगको सञ्चारलाई थप कसिलो र नियमित बनाउने निर्णय गरेको थियो । चीनको विकास,चिनियाँ संस्कृति र सभ्यताको पछिल्लो वस्तुस्थितिबारे विश्वलाई जानकारी गराउने उद्देश्यले भाषामा विविधता ल्याइएको बुझिएको छ ।

पिपुल्स डेलीले नयाँ तीन वटा भाषामा समाचार प्रकाशित गरेपछि विदेशी भाषा संख्या १८ पुगेको छ । यसअघि अंग्रेजी, फ्रेन्च, रुसी,अरबिक, स्पेनिस, जापानी, कोरियन, जर्मन, पोर्चुगिज, स्वाहिली, इटालियन, कजाक, थाइ, मलाया, ग्रिकलगायत भाषामा समाचार प्रकाशित हुँदै आएको छ ।

टिप्पणीहरू