ट्याक्टर भीरबाट खस्यो, चार जनाको घटनास्थलमै मृत्यु

कालीकोटमा गएराति भएको ट्याक्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ । स्थानीय पलाँतामा भएको दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थिर्पुबाट खिनतर्फ जाँदै गरेको ट्याक्टरमा खाद्यान्नसहित उनीहरु पनि सवारी थिए । राति ११ बजे भएको दुर्घटनामा ३२ वर्षकी अम्मा शाही, ३८ वर्षका सदु बुुढा, २३ वर्षका रवीन्द्र बिक र ट्याक्टर चालक चन्द्रप्रकाश रोकायाको ज्यान गएको हो ।
टिप्पणीहरू