विचरा दुर्गा प्रसाईं

राजाका कमाण्डर दुर्गा प्रसाईंलाई आखिर भारतबाट समातेर ल्याइएको छ । उनी तीनकुनेमा आगो लगाएर ‘आऊ ! आऊ !!’ भन्दै भागेका थिए । धेरैले सोचेका थिए कि उनी तीनकुनेदेखि भागेर धेरै गए एकान्तकुनासम्म जान्छन् होला । तर, उनी त नेपालको सीमा पार गरेर भारत पुगेका रहेछन् ।
उनले सोचे होलान् कि नेपालमा क्रान्ति गर्दा भाग्ने भनेको भारत नै हो । बिपी कोइराला भारततिरै भागेका थिए । प्रचण्ड–बाबुराम भारतमै थिए । त्यसैले अब आफू भाग्ने पनि भारतमै हो । नेपालमा क्रान्ति गरेर आएको भनेपछि भारतले ज्वाइँ जस्तै मानेर राख्ने रहेछ । त्यही थाहा पाएर होला, प्रसाईं सिधा भारत पुगेको ।
तर, भारतमा स्थिति फरक देखियो । सबैलाई थाहा छ, प्रसाईंलाई पनि थाहा छ, भारतले बिपी कोइरालालाई सत्कार गरेर राखेको थियो । रामराजाप्रसाद सिंह, ज्वाला, गोइतसहित प्रचण्ड र बाबुरामलाई पनि सत्कारै गरेर राख्यो । यहाँसम्म कि भर्खरै बंगलादेशबाट भागेर आएकी शेख हसिनालाई समेत भारतले सत्कार गरेर राखे ।
तर प्रसार्ईंलाई भने च्याप्प समातेर नेपाल प्रहरीलाई बुझाइदियो । के गरेको यस्तो ? कोइराला, प्रचण्ड, बाबुराम, हसिना आदि आदिलाई दिइएको ‘प्रोटेक्सन’ प्रसाईंलाई किन दिइएन ? भारतको के चाला हो यो ? एकातिर नेपालमा हिन्दू राजतन्त्र चाहियो भन्ने । अर्कोतिर त्यही हिन्दू राजतन्त्रको लागि लडेको योद्धालाई समातेर बुझाउने ? के ग¥या यो ? के ग¥या ?
टिप्पणीहरू