सडकमा उभिएर पर्यटकहरुको नग्न हर्कत....

सडकमा उभिएर पर्यटकहरुको नग्न हर्कत....

सार्वजनिक स्थलमा नग्न अवस्थामा अंकमाल गरिरहेका पोल्याण्डका एक जोडी पक्राउ परेका छन् । थाइल्याण्डको कोह फाङ्गानमा हिजो साँझ साढे ४ बजे पर्यटकीय टापुको बान ताई रोडमा ‘नाङ्गै’ अँगालोमा बाँधिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोह फाङ्गानका प्रहरी प्रमुख पोल कर्नल एपिचर्ट चान्समरेटका अनुसार प्रहरीले घटनास्थल पुगेर प्रमाणको रुपमा तस्बिर खिचेपछि उनीहरूलाई लुगा लगाउन भनेको थियो । त्यसपछि २७ वर्षीय पुरुष र २४ वर्षीया महिलालाई पक्राउ गरिएको बताइन्छ ।

उनीहरूले प्रहरीलाई आफूहरू केवल प्रेम व्यक्त गर्दै नग्न रुपमा सडकमा निस्किएको बयान दिएका छन् । एक अधिकारीका अनुसार उनीहरूले एकअर्काप्रतिको प्रेम व्यक्त गर्न अँगालो हाल्नका लागि नग्न भएर बाटोमा निस्किएको जिकिर गरे । 

प्रहरीले थाइल्याण्डमा ‘नग्नता प्रदर्शन गर्नु’ एक अपराध भएको बताउँदै पाँच हजार भाटसम्म जरिवाना हुनसक्ने बताएको छ । प्रहरी लागूपदार्थ परीक्षणमा कुनै लक्षण फेला नपरेपछि महिलाले अपराध स्वीकार गर्दै पाँच हजार भाट जरिवाना तिरेर छुटकारा पाएकी छन् ।

प्रेमीले भने सरकारी अधिकारीहरूमाथि नै आक्रोश व्यक्त गरेपछि मनोचिकित्सा परीक्षणका लागि अस्पताल पठाइएको छ । प्रहरीले उनीहरूको भिसा रद्द गर्न अध्यागमन अधिकारीहरूलाई आग्रहसमेत गरेको छ ।

सुरत थानीका डेपुटी गभर्नर थिएरुट सुपाविबुलपोलले कोह फाङ्गनको समुद्री तटमा नग्न अवस्थामा घाम ताप्दै गरेको देखिनु नियमित घटना भएको बताए । तर स्थानीय अधिकारीहरूले नियम उल्लंघन गर्नेलाई पक्रेर जरिवाना तिराउने गरेको उल्लेख गरे ।

टिप्पणीहरू