परीक्षा केन्द्रमा कालोपट्टी बाँध्ने निर्णय, जेठ ९ देखि माइतीघरमा जम्मा हुँदै

परीक्षा केन्द्रमा कालोपट्टी बाँध्ने निर्णय, जेठ ९ देखि माइतीघरमा जम्मा हुँदै

सरकार र नेपाल शिक्षक महासंघबीच अस्ति राति भएको नौ बुँदे सहमतिप्रति असन्तुष्ट विद्यालय कर्मचारी परिषद्ले आन्दोलन घोषणा गरेको छ । महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको निचोड निकालेको छ ।

 बब्बन मिश्राको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ । आइतबारदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षाभर कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने परिषद्ले जनाएको छ । 

जेठ ४ गते ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनबारे जानकारी गराउने तथा ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गरिने छ ।  

यस्तै, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा ७ गते सातै प्रदेशको सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउने र ९ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने परिषद्को तालिका छ ।
 

टिप्पणीहरू