अमेरिका पछाडि हट्दै,चीन अमेरिका नजिक पुग्दै
विश्वकै महाशक्ति राष्ट्र भनिएको अमेरिकाद्वारा पछिल्लो केही महिनामा लिइएका सयौं निर्णयले ‘महाशक्ति’ को परिभाषा र उपमामाथि प्रश्न चिन्ह उठाएको छ । युएसएड, एमसीसीलगायत धेरै वटा सहयोग नियोग बन्द गरिँदा विश्वका धेरै मुलुकमा सञ्चालित शिक्षा,स्वास्थ्य क्षेत्रका परियोजनासँगै ठूला भौतिक पूर्वाधारको निर्माण रोकिएका छन् । यसबीच अमेरिकाले झण्डै दुई दर्जन मुलुकमा रहेका आफ्ना राजदूतावास तथा वाणिज्य दूतावास बन्द गर्ने भनिसकेको छ ।
१८० भन्दा बढी मुलुकलाई चर्को पैठारी शुल्क घोषणासँगै चिनियाँ सामानमा १४५ देखि २२५ प्रतिशतसम्म शुल्क लगाइएको छ । अन्य देशका हकमा आगामी तीन महिनाको लागि उक्त घोषणा स्थगित छ । यता चीनले भने अमेरिकी एकपक्षीय घोषणालाई कुनै वास्ता गरेको देखिँदैन । बरु यसबीच चीन अमेरिकासँग भौतिकसँगै विगतमा आर्थिक निकटता रहेका मुलुकमा आफ्नो व्यापार तथा सहयोग विस्तारमा जुटेको छ ।
हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टका अनुसार ब्राजिलदेखि पेरुको मुख्य बन्दरगाह चान्केसम्मको महत्वाकांक्षी रेल मार्ग निर्माणमा चिनियाँ टोली जुटेको छ । गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ब्राजिलको राजकीय भ्रमणका क्रममा सम्पन्न सम्झौता कार्यान्वयनका लागि चिनियाँ टोली ब्राजिल पुगेको हो ।
आन्ध्र महासागरसँग जोडिएको ब्राजिललाई प्रशान्त महासागरबाट हुने व्यापारमा समाहित गर्न चीनले उक्त रेलमार्गको अवधारणा ल्याएको बताइन्छ । चीन र ब्राजिलबीचको सम्बन्धमा कायम चार ठूला रणनीतिक स्तम्भमध्ये उक्त अवधारणा पनि एक हो । चाइना स्टेट रेलवे ग्रुप र चिनियाँ यातायात मन्त्रालयका ११ जनाको टोलीले ब्राजिल पुगेर उक्त कार्यको शुरुआत गरेको छ ।
भटमास,गाईगोरुको मासु र दलहनको मूल्यमा त्यसपछि कमी आउने विश्वास लिइएको छ ।उक्त परियोजनाको लागत ३ अर्ब ५० करोड अमेरिकी डलर अनुमान गरिएको छ ।
ब्राजिलको परम्परागत आन्ध्र महासागर र पेरुको प्रशान्त महासागरबाट हुने अन्तर्राष्ट्रिय व्यापारलाई उक्त रेलमार्गको निर्माणले आधुनिकता प्रदान गर्ने चीनको विश्वास छ । ब्राजिलले विश्व विशेषगरी एसियाका ठूला मुलुकमा निर्यात गर्दै आएको कृषिजन्य सामाग्रीहरुमध्ये भटमास,गाईगोरुको मासु र दलहनको मूल्यमा त्यसपछि कमी आउने विश्वास लिइएको छ ।
उक्त परियोजनाको लागत ३ अर्ब ५० करोड अमेरिकी डलर अनुमान गरिएको छ । यसको निर्माणपछि ल्याटिन अमेरिकी मुलुकहरुबीच नयाँ व्यापार मार्ग खुल्ने बताइन्छ । अमेरिकाले पनामा नहरको स्वामित्वमाथि प्रश्न चिन्ह उठाउँदै व्यापार व्यवसायमा अवरोध पुर्याउने सम्भावना चीनले केही दशकअघि नै अनुमान गरेको यथार्थ अहिले राष्ट्रपति डोनल्ड ट्रम्पले पुष्टि गरेका छन् । चीनको प्रस्तावित उक्त परियोजनापछि ब्राजिल र पेरुका लागि पनामा नहरको त्यति धेरै जरुरत पर्ने छैन ।
टिप्पणीहरू