अमेरिकी र सउदी अरेबियाको मध्यस्थतामा भारत र पाकिस्तानवीच युध्दविराम

अघिल्लो महिना कश्मिरको पहलगाममा भएको आतंककारी हमलापछि आमने सामने हवाई हमलामा उत्रिएका छिमेकी मुलुक भारत र पाकिस्तान पूर्ण युध्दविरामको निम्ति तयार भएका छन् । सिङ्गै बिश्व जनमतलाई दुई ध्रुवमा बाँड्न पुगेको यो युध्द क्षेत्रीय शान्तिका निम्ति खतरनाक मोडमा पुगिसकेको थियोे ।

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले गए रातीको अथक वार्तापछि दुई युध्दरत मुलुकलाई पूर्ण र तत्काल लागू हुनेगरी युध्दविरामका निम्ति मनाउन सकिएकोमा खुशियाली मनाउँदै आफ्नो आग्रह सुनिदिएकोमा धन्यवाद दिएका छन् ।

यसअघि सउदी अरेबियाका बिदेशमन्त्री अदेल बिन अहमद अल जुबेरले यही प्रयोजनका निम्ति अस्ति र हिजो नयाँ दिल्ली र इस्लामावाद यात्रा गरेका थिए । अपुरणीय क्षतिको बिनाशकारी आणविक हताहती तहसम्म पुग्न नपाउँदै विकसित पछिल्लो घटनाक्रमले युध्दविरोधी शान्तिकामी बिश्वभरका जनतामा हर्ष छाएको छ ।

टिप्पणीहरू