सिंहदरबारमा भारतीय विद्युतीय गाडी हस्तान्तरण
भारत सरकारले नेपाललाई विद्युतीय सवारी साधन हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालय पुगेर मन्त्री डा. आरजू राणा देउवालाई आज १५ वटा गाडी हस्तान्तरण गर्नुभएको हो ।

बिहान साढे १० बजे मन्त्रालयमा आयोजित भेटघाटपछि सवारी साधन हस्तान्तरण गरिएको थियो । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत विद्युतीय गाडी उपलब्ध गराइएको जानकारी दिनुभयो ।
टिप्पणीहरू