सुदीपको घरमा भारतीय राजदूत

सुदीपको घरमा भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली युवक सुदीप न्यौपानको परिवारसँग भेटघाट गर्नुभएको । राजदूतले बुटवलस्थित न्यौपानेको घरमै पुगेर उनका अभिभावकसँग भेट गर्नुभएको हो । 

सो क्रममा राजदूत श्रीवास्तवले मृतक सुदीपप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आतंकवादी हमलामा संलग्नहरुलाई कानुनी कठघरामा उभ्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

बुटवल उपमहानगरपालिका–१४ का सुदीप परिवारका सदस्यहरुसहित काश्मीर घुम्न गएका थिए । अप्रिल २२ को आतंकवादी आक्रमणमा उनको ज्यान गएको थियो भने आमा घाइते भएकी थिइन् ।

टिप्पणीहरू