गणतन्त्र दिवस र बजेट भाषणको दिन ताकत देखाउने राप्रपाको तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेठ १५ गतेदेखि शुरु हुने काठमाडौं उपत्यका केन्द्रित जनआन्दोलनमा पार्टीका सबै संरचना परिचालन गर्ने भएको छ । केन्द्रीय कार्यालयमा बसेको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठकले पार्टीअन्तर्गतका संघ संगठन, अभियानलगायत सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
जेठ ८ गते साँखुबाट प्रचारात्मक कार्यक्रमको प्रारम्भ गरेर जेठ ११ गते भक्तपुरको चाँगुनारायणमा समापन गर्ने, जनआन्दोलनमा आम उपत्यकाबासीको सक्रिय सहभागिताका लागि टोल, घरदैलोमा कोणसभा र जागरणका विविध कार्यक्रम सञ्चालन गर्ने भनिएको छ ।
बैठकमा समिति संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीको सहभागिता थियो । आज बिहान सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठकसमेत बसेको थियो ।
टिप्पणीहरू