नारायणीमा पौडी खेल्दा डुबेका कुमारको प्राणान्त

नारायणी नदीमा पौडी खेल्नेक्रममा डुबेर चितवनको भरतपुरका एक युवकको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१७ मझुवास्थित नदीमा पौडी खेल्दा आज दिउँसो सोही वडावासी कुमार नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त जानकारी अनुसार दिउँसो करिब साढे १ बजेतिर उनी आफ्ना आमाबाबुसहित नदीमा पौडी खेल्न गएका थिए । यसैक्रममा १८ वर्षीय कुमार नदीमा डुबेर बेहोस भएको अवस्थामा उनैका बाबुले उद्धार गरी उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको थियो ।
उपचारकै क्रममा साढे २ बजेतिर उनको प्राणान्त भएको प्रहरीले बताएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय चनौलीबाट ४ किलोमिटर उत्तरमा पर्दछ ।
टिप्पणीहरू