निगमका दुईवटै ट्विनअटर विमान सञ्चालनमा

निगमका दुईवटै ट्विनअटर विमान सञ्चालनमा

नेपाल वायुसेवा निगमको दुईवटै ट्विनअटर विमानले नियमित उडान थालेको छ । इञ्जिन परिवर्तनपछि नाइनएन–एबिटी र नाइनएन–एबियु कलसाइन भएको विमान नियमित आन्तरिक उडानमा संलग्न रहेको बताइएको छ ।

निगमले दुबै विमानले ट्विनअटर निर्माण कम्पनीको मापदण्डअनुसार नियमित वार्षिक मर्मतसम्भार (सर्टिफिकेट अफ एअरवर्थिनेस) सम्पन्न गरेको जानकारी पनि दिएको छ । नयाँ इञ्जिन फेरेर नियामकीय चेकजाँच पूरा गरेपछि अस्तिदेखि दुवै विमान नियमित उडान तालिकाअनुसार सञ्चालनमा ल्याइएको हो ।

‘आन्तरिक उडान सञ्चालनका लागि निगमका दुईवटै ट्विनअटर विमानहरु (नाइनएन–एबियु र नाइनएन–एबिटी) पूर्ण रुपले सञ्चालनमा आएको हुँदा उक्त विमानहरु आन्तरिक उडान सेवामा सक्रिय रुपमा परिचालन हुँदा निगमको उद्देश्यअनुरुप दुर्गम भेगका नागरिकहरुमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा वृद्धि हुने विश्वास लिँदै आगामी दिनहरुमा पनि विगतमा झैं यात्रुहरुको गुणस्तरीय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखि उडान सञ्चालन गर्न निगम सदैव प्रतिबद्ध छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू