पाथीभरा केबलकार निर्माण जारी राख्न सर्वोच्चको आदेश

पाथीभरा केबलकार निर्माण जारी राख्न सर्वोच्चको आदेश

ताप्लेजुङस्थित पाथीभरा तीर्थस्थल जान बनाउन लागिएको केबलकार निर्माण जारी राख्न मार्ग प्रशस्त भएको छ । सर्वोच्च अदालतले आज केबलकार निर्माण कार्य यथास्थितिमा राख्न दिएको यसअघिको अल्पकालीन आदेश निष्क्रिय बनाउँदै नयाँ आदेश जारी गरेको छ । 

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले यसअघिको आदेश जारी राख्न नपर्ने बताएपछि उक्त मार्ग प्रशस्त भएको हो । ताप्लेजुङका यामबहादुर लिम्बूसहितले दायर गरेको रिटमा मागबमोजिम आदेश नदिएपछि निर्माणको बाटो खुलेको हो ।

टिप्पणीहरू