विद्यार्थीलाई भाडा छुट नदिने गाडी खोज्दै अस्कल स्ववियु
लैनचौरस्थित अमृत साइन्स क्याम्पस स्ववियुले विद्यार्थी परिचयपत्र (आईडी कार्ड) देखाउँदा पनि छुट नदिने सार्वजनिक यातायातको विवरण मागेको छ । सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई आईडी कार्डका आधारमा ४५ प्रतिशत भाडा छुट दिने व्यवस्था छ । तर, उक्त सुविधा प्राप्त नभएको गुनासो बढेपछि स्ववियुले त्यस्ता सवारीसाधनको खोजी थालेको जनाएको छ ।
स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले आआफ्नो रुटमा रहेका विद्यार्थी छुट नदिने यातायात साधनको विवरण उपलब्ध गराउन क्याम्पसका विद्यार्थीहरुलाई अनुरोध गरेका छन् । ‘नेपाल सरकार र विद्यार्थी संगठनका बीचमा सार्वजनिक भाडाका सवारीसाधनमा विद्यार्थीलाई परिचयपत्रका आधारमा ४५ प्रतिशत भाडा छुट दिने व्यवस्था भएतापनि यो अझै पूर्ण रुपमा कार्यान्वयनमा आउन नसकेको र पटकपटक विद्यार्थीहरुबाट गुनासो आइरहेको कुरा एकदमै निन्दनीय छ,’ जारी विज्ञप्तिमा पोखरेलले लेखेका छन् ।
टिप्पणीहरू