नयाँ संविधान माग्दै ७५ वर्षे वृद्धको एकल धर्ना

नयाँ संविधान माग्दै ७५ वर्षे वृद्धको एकल धर्ना

नयाँ संविधान जारी गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा एक वृद्ध धर्ना बसेका छन् । 

धादिङको गजुरी गाउँपालिका-८ किरान चोक स्थायी घर भई अहिले कलंकी बस्ने ७५ वर्षीय चेतनाथ ढुंगानाले आज बिहान पौने ११ बजेदेखि माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा पलेटी कसेका हुन् । सत्तासीन नेताहरुले कानुनलाई मनोमानी रुपमा प्रयोग गरी दोषीलाई  छुटदिने, राष्ट्रघाती सम्झौता गर्नेजस्ता संविधान विरोधी क्रियाकलाप गरिरहेकाले नयाँ संविधान चाहिएको उनको तर्क छ । 

''२०७२ असोज ३ गते जारी भएको संविधान गणतन्त्र हैन नेतातन्त्र हो" भन्दै ढुंगानाले उक्त संविधलाई जलाएर नयाँ जारी गर्नुपर्ने माग लेखिएको ब्यानर प्रदर्शन गरेका छन् ।

टिप्पणीहरू