समिट एअरको विमान काठमाडौंमा आकस्मिक अवतरण

समिट एअरको विमान काठमाडौंमा आकस्मिक अवतरण

इञ्जिनमा समस्या देखिएपछि काठमाडौंबाट लुक्लातर्फ जाँदै गरेको समिट एयरको विमानलाई काठमाडौं फर्काइएको छ । बिहान सवा ६ बजे उडेको उक्त विमानलाई काठमाडौंमा अवतरण गराइएको थियो । 

रामेछापमाथिको आकाशमा पुगेपछि विमानको एउटा इञ्जिनमा समस्या देखिएकाले विमानलाई काठमाडौं फर्काइएको कम्पनीले जनाएको छ ।

नाइन एन एएमजी कल साइनको विमानलाई काठमाडौंमा आकस्मिक अवतरण गराइएको हो ।
 

टिप्पणीहरू