विश्व कीर्तिमानी आरोहीले आफ्नो रेकर्ड आफैँ तोडे
विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पा आज बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेपछि गत वर्षको रेकर्ड तोडिएको हो ।
गत वर्षको सिजनमा दुई पटक सगरमाथाको चुचुरोमा पुगेर २९ औं र ३० पटक आरोहणको कीर्तिमान बनाएका थिए ।
पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुको हिमाल आरोहणको औपचारिक सिजन आजदेखि सकिएको छ । यो वर्ष ५०० जनाले सगरमाथा आरोहण गरेको बताइएको छ ।
टिप्पणीहरू