सूचना टाँसेर संसद बैठक २४ घण्टासम्म स्थगित
प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरुको अवरोधपछि आजको बैठक स्थगित गरिएको थियो । बिहान ११ बजे बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरुले उठेर होहल्ला गरेपछि आधा घण्टाको लागि स्थगित भएको जनाइएको थियो ।
तर, सूचना टाँसेर भोलि बिहान ११ बजे सम्मको लागि बैठक रोकिएको जानकारी दिइएको छ । आज सभामुख देवराज घिमिरेले अवरोध खुलाउन प्रमुख दलका सचेतकहरूसँग छलफल गरेपनि कुनै सहमति हुन नसकेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको आरोप लगाउँदै उहाँको राजीनामा माग गर्दै छानबिन आयोग गठन गर्नुपर्ने भनिएको छ । काँग्रेस र एमालेले गृहमन्त्रीले आफ्नो धारणा राख्न पाउनुपर्ने बताउँदै आएका छन् ।
टिप्पणीहरू