सचिवहरूको जिम्मेवारी हेरफेर

सचिवहरूको जिम्मेवारी हेरफेर

सरकारले १० जना सचिवको सरुवा गरेको छ । हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका चुडामणि पौडेलसहित १० सचिवको सरुवा गरेको हो । 

सचिव पौडेललाई शिक्षा मन्त्रालयमा र उनको ठाउँमा उद्योग मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलाई ल्याइएको छ । राष्ट्रपति कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई उद्योग मन्त्रालयमा पठाइएको छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मा लोक सेवा आयोग पुुगेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनाली पर्यटन मन्त्रालयमा, लोक सेवाका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य मन्त्रालय पुर्याइएको छ ।

शिक्षाका सचिव डा. दिपक काफ्लेलाई राष्ट्रपति कार्यालय, बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव महादेव पन्थलाई वित्त आयोग र गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयका सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ । विष्टको ठाउँ पोखरामा शोभाकान्त पौडेल गएका छन् ।

टिप्पणीहरू