जेठ १५ गते अशान्तिको आशंका

जेठ १५ गते अशान्तिको आशंका

गणतन्त्र दिवसको दिन पारेर सडक तताउन लागेका राजावादीहरुलाई सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले चुनौती दिने भएसंगै जेठ १५ गते काठमाडौँमा अशान्ति मच्चिनसक्ने आकलन गरिएको छ । 

अघिल्लो वर्ष दुर्गा प्रसाई र महेश बस्नेत भिडेकै शैलीमा दुईपक्ष आमनेसामने हुन लागेकाले भिडन्त हुनसक्ने चिन्ता भैरहँदा सुरक्षा रणनीति बनाउन दिनदिनैजस्तो मिटिङ गरिरहेका सुरक्षा निकायका प्रमुखहरुले पनि त्यस्तो अनुमान लगाएका हुन् । 

चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेको ठीक २ महिनापछि पर्सी बिहीबार नवराज सुवेदी नेतृत्वको 'जनान्दोलन समिति'ले काठमाडौँ शक्ति प्रदर्शन गर्दैछ । जेठ १५ गते गणतन्त्र घोषणा भएको दिन हो भने सोही दिन बजेट पनि आउँदैछ । सरकारी तवरबाट बिहान टुँडिखेलमा  गणतन्त्र दिवसको कार्यक्रम हुँदैछ भने दिउँसो संसदमा बजेट भाषण गरिनेछ । 

त्सकारण राजावादीहरुले रणनीतिक रुपमा रोजेको जेठ १५ सरकारका लागि प्रतिष्ठाको विषय बनेको देखिन्छ । संगसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीमाथि अरिंगालले झैँ जाइलाग्न कार्यकर्तालाई निर्देशन दिएको अवस्था छ । अस्ति गोदावरीमा पार्टीबाट चुनाव जितेका वडाध्यक्षहरुको भेला गरेर उनले गणतन्त्र दिवसको दिन काठमाडौँ एमालेको कब्जामा हुनुपर्ने प्रष्ट आदेश दिएपछि भिडन्तको सम्भावना बढेको हो । 

राजावादीहरु चैत १५ जस्तै आक्रमक भए र प्रधानमन्त्रीको आदेश बमोजिम एमाले कार्यकर्ता प्रतिकारमा उत्रिए भने 'रगतको खोलो' बग्नसक्ने खतरालाई दृष्टिगत गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन लागेको प्रहरी स्रोतको दाबी छ । एकदिनको शक्ति प्रदर्शनले मात्रै व्यवस्था परिवर्तन हुँदैन भन्ने बुझेका राजावादीहरु आन्दोलनलाई उग्र बनाएर भिडन्तसम्म पुर्याउने रोडम्यापमा छन् । कार्यकर्तालाई सडकमा पठाउने प्रधानमन्त्रीको तयारीले प्रत्यक्ष-परोक्ष उक्त रोडम्यापलाई नै सहयोग पुर्याउने अवस्था रहन्छ । 

विगतमा नवराज सुवेदीलाई अस्वीकार गरेका राजेन्द्र लिङ्गदेन र कमल थापासमेत अहिले एकै ठाउँमा जुटेकाले पर्सिको आन्दोलनमा २० हजार हाराहारामा मान्छे आउने प्रहरीको अनुमान छ । राजावादीहरुले भने ५० हजार कार्यकर्ता उतारेर गणतन्त्र मिल्काउने धम्की दिँदै आएका छन् । आन्दोलनकारी राजधानी प्रवेश हुनुअगावै सरकारले ठाउँ-ठाउँमा अवरोध सृजना गरेर रोक्नसक्ने भन्दै भोलि नै मान्छे छिराइसक्ने उनीहरुको योजना छ । 

संख्याका हिसाबले यो चुनौतिपूर्ण होइन । तर, प्रम ओलीले कार्यकर्तालाई राजावादीमाथि झम्टिन निर्देशन दिएकाले 'राजा आउ देश बचाऊ' को नारा लगाउनेहरु पनि आक्रमक हुनसक्ने र त्यसले परिस्थिति भड्किने सुरक्षा विश्लेषण प्रहरीले गरेको छ । 'बजेट आउने दिन र गणतन्त्र घोषणा पनि भएको दिन भएकाले राज्यलाई च्यालेञ्ज गर्न उनीहरुले त्यहि दिन रोजेका हुन्', सुरक्षा स्रोत भन्छ, 'अलिकति सतर्कता अपनाउन सकिएन भने चैत १५ दोहोरिने खतरा छ ।'

राजावादीहरुले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरे भने एमाले कार्यकर्ता निर्मल निवास घेर्ने पुग्नेसम्मको अनुमान गरिएको छ । दुवै तर्फबाट हिँसा भड्काउन योजनावद्ध गतिविधिको तयारी भैरहेको सूचना पाएको सुरक्षा स्रोतको विश्लेषण छ- राजावादीहरुलाई राजा ल्याउने नै हो भने अलिकति झिल्को हाल्नै पर्छ भन्ने परेको छ । जति द्धन्द्ध भड्किन्छ उति राजा फर्किने सम्भवना बढ्छ भन्ने बुझाइमा उनीहरु छन् । एमालेले आगोमा घ्यू थप्ने काम गर्ने त होइन ? भन्ने चिन्ता हामी

टिप्पणीहरू