थेवेलाई पुरीको कडा चुनौती

थेवेलाई पुरीको कडा चुनौती

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई पक्षबीच कडा प्रतिष्पर्धा देखिएको छ । मत गणना जारी रहँदा अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीबीच कडा टक्कर परेको हो ।

ताजा अवस्थामा थेवेले ६०७ भोट पाउँदा पुरीले ५०७ मत ल्याएका छन् । संघको आज सम्पन्न निर्वाचनमा १४ सय ४ मत खसेको थियो । 

थेवे अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहित पार्टी संस्थापनको तर्फबाट अघि सारिएका हुन् भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ रहेको बताइन्छ । तर, अध्यक्ष ओली गुटमै रहेका शंकरको चुनावमा खासै प्रभाव नपरेको भन्नेहरु पनि छन् ।

टिप्पणीहरू