नयाँ बानेश्वरमा अवरुद्ध, सिंहदरबारमा भ्याइनभ्याइ, सडकमा कडाइ

नयाँ बानेश्वरमा अवरुद्ध, सिंहदरबारमा भ्याइनभ्याइ, सडकमा कडाइ

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको बैठक बसेको छ । आज अपरान्ह ३ बजेदेखि साढे ४ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको ६३ औं बैठकमा विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का,संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे,वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको उपस्थितिमा छलफल गरिएको हो ।

आजै साँझ गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी,नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सेनाका प्रतिनिधि,  प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको बैठकमा राजावादीहरुले पर्सि १५ गते गर्ने आन्दोलनको समग्र पक्षबारे छलफल भएको बताइन्छ । 

उता गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरुले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध पारेपछि बैठक भोलि बिहानसम्मको लागि स्थगित गरिएको छ । राजधानीका सडकमा आज साँझदेखि सवारी साधनको व्यापक खानतलासी र सुरक्षा चेक गर्न थालिएको छ ।
 

टिप्पणीहरू