अडान नछोडेपछि प्रचण्डलाई प्रधानमन्त्रीको फोन

अडान नछोडेपछि प्रचण्डलाई प्रधानमन्त्रीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गर्नुभएको छ ।

भिजिट भिसा प्रकरणमा डामिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरुद्ध गर्ने नीतिमा रहेका प्रचण्डलाई फकाउन प्रम ओलीले केही बेरअघि फोन गर्नुभएको हो । 

बानेश्वरस्थित संसद् भवनमा रहेको प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले टेलिफोन गरेको बताइएको छ । कुराकानीका क्रममा ओलीले संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि प्रचण्डले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने जवाफ दिएको वैठकमा सहभागी एक नेताले जानकारी दिए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायमै राख्ने विपक्षी दलको निर्णय छ । बजेटको मुखमा विपक्षीले संसद अवरोध गरेपछि सरकार अप्ठेरोमा परेको छ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।
 

टिप्पणीहरू