संसद खुलाउन छलफल तारन्तार

संसद खुलाउन छलफल तारन्तार

सभामुख देवराज घिमिरेले संसद सूचारु गर्न सत्तापक्ष र विपक्षी दलका सचेतकहरुसँग दोस्रो पटक छलफल थाल्नुभएको छ । 

संसदको नियमित कारवाही अघि बढाउनको लागि बिहान सचेतकहरुसँग डेढ घण्टा छलफल गर्नुभएको उहाँले अहिले फेरि सहमति जुटाउने प्रयास गर्नुभएको हो । आधा घण्टाको लागि स्थगित बैठक अझै सूचारु भएको छैन । 

अहिले सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका सचेतकहरुसँग कोठा थुनेर छलफल गरिरहेको बुझिएको छ । बिहान बसेको विपक्षी दलको बैठकले गृहमन्त्रीको राजीनामाको अडान कायम राख्दै भोलि बजेट पेश हुँदा भने लचिलो हुने निर्णय गरेका छन् ।

टिप्पणीहरू