एकैचोटि पाँच दर्जन सडक शिलान्यास गर्दै प्रधानमन्त्री

एकैचोटि पाँच दर्जन सडक शिलान्यास गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकै दिन ६४ वटा सडकको शिलान्यास गर्नुहुने भएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनबाट ती सबै सडकहरूको प्रमले डिजिटल शिलान्यास गर्न लाग्नुभएको हो । मधेसका ८ जिल्लाका ६४ वटा प्रदेश निर्वाचन क्षेत्रमा एकएक वटाका दरले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले सडक बनिर्माण गर्दैछ । 

बहुवर्षीय योजनाअन्तर्गत आगामी तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत सकेर शिलान्यास गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

ओलीले अघिल्लोचोटि प्रधानमन्त्री भएका बेला २०७७ मा पनि बालुवाटारबाट देशभरका ३ सय भन्दाबढी स्थानीय तहमा झन्डै ४ सय आधारभूत अस्पताल उद्घाटन गर्नुभएको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने घोषणाका साथ उद्घाटन गरिएका अधिकांश अस्पताल अहिलेसम्म निर्माण शुरुसमेत हुन सकेका छैनन् ।

टिप्पणीहरू