विदेशका लागि ‘हेराउन’ गएकी नाबालिकामाथि करणी प्रयास
झारफुक आफैंमा एउटा अन्धविश्वास हो । रुढिवादमा विश्वास गर्नेहरु कतिपय अझैपनि झारफुकतिर लाग्ने गरेको पाइन्छ र उनीहरुलाई झुटो आसा देखाएर धामी झाँक्री र जान्नेहरुले अनेक तरहको फाइदा लुट्ने गरेको पाइन्छ । त्यस्ता धामी झाँक्रीले महिला, किशोरी र बालिकाहरुलाई नचाहिँदो डर र भ्रममा पारी यौन शोषण गर्ने गरेको घटनामा पनि नौलो होइन।
झारफुकको नाममा यौन शोषण गर्दै आएका चितवनका एक पुरुषविरुद्ध मुद्दा चलाइने भएको छ । हालै पक्राउ परेका रत्ननगर नगरपालिका-९ बस्ने ५६ वर्षीय वसन्त ढुंगाना अहिले टाँडी प्रहरीको हिरासतमा छन् । उनलाई बयानको लागि केही दिनमा जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी छ ।
ढुंगानाले १७ वर्षीया एक नाबालिकालाई गत जेठ ४ गते झारफुकको बहानामा यौन दूराचार गरेका थिए । कक्षा १२ पश्चात् विदेश जानको लागि के कस्तो छ ? भन्ने हेराउन नाबालिका आफ्नी आमासँगै गएकी थिइन् । सोक्रममा ढुंगानाले बालिकालाई वीर मसान लागेकाले पन्छाउन पर्छ भन्दै आमालाई बाहिर पठाएर बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार नाबालिकालाई मात्रै कोठामा राखेर माथिको सम्पूर्ण वस्त्र खोल्न लगाई संवेदनशील अंग चलाएको तथा यौन सम्पर्क गरेर विदेश गएपछि मात्रै राम्रो हुन्छ नत्र पागल जस्तो हुन्छौ भन्दै ललाइफकाई यौन सम्पर्कको लागि उनले उत्तेजित बनाएका थिए । ढुंगानाले ती बालिकालाई विदेश गइसके पश्चात पनि पागल भएर नांगै हिँडेको अवस्थामा मलाई भिडियो कल गर, यहीँबाटै फुकेर ठिक गर्दिन्छु भनेको समेत बुझिएको छ ।
"नाबालिकालाई मात्रै कोठामा राखेर माथिको सम्पूर्ण वस्त्र खोल्न लगाई संवेदनशील अंग चलाएको तथा यौन सम्पर्क गरेर विदेश गएपछि मात्रै राम्रो हुन्छ नत्र पागल जस्तो हुन्छौ भन्दै ललाइफकाई यौन सम्पर्कको लागि उत्तेजित बनाएका थिए ।"
उनै बसन्त ढुंगानाले भरतपुरको एक खाजाघरमा पनि झारफुकको बहानामा एउटी महिलामाथि यौनशोषणको प्रयास गरेकोबारे जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योगमा मुद्दा परेको छ । श्रीमानसँग वादविवाद भइरहने कारणले यही जेठ ११ गते हेराउन भनेर गएकी ३८ वर्षीया महिलालाई ढुंगानाले टुनामुना लागेको छ भन्दै गंगाजल छर्केजस्तो गरी करणी गर्नै खोजेका थिए । केही मन्त्रसमेत वाचन गरे जस्तो गर्दै महिलालाई खाटमा पल्टाई माथिका कपडाहरु खोली निर्वस्त्र बनाएर शारीरिक रुपमा ललाइफकाइ गरी उत्तेजित गराउने क्रममा एक्कासी बाहिरबाट कोठा ढकढक गरेपछि उनले छाडेका थिए ।
यसको केही दिनपछि १४ गते उनी पक्राउ परेका हुन् । अघिल्लो घटनामा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीमा बाल यौन दुव्र्यवहार मुद्दामा अनुसन्धान भइरहेको हो । बाहिर दूध बेच्ने र चिया पसल चलाउने, भित्रचाहिँ झारफुक गर्ने भन्दै महिला र बालिकाहरुलाई यौन शोषण गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जना अवाले बताए ।
यिनले अन्त पनि यस्तो गरेको बुझिन आएको तर थप जाहेरी भने नपरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनाल बताउँछन् ।
टिप्पणीहरू